१३ माघ २०७९, शुक्रवार

चलचित्र ‘घुइँचो’ निर्माण हुने

२०७८,मङ्सिर,६,सोमवार १९:३२

90
Shares

काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आरजे म्युजिक एन्ड फिल्मले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको बताएको हो ।

नवनायक कुन्साङ बोम्जन र अभिनेत्री एलिजा गौतम मुख्य भूमिकामा दखिने भएका छन् । म्युजिक भिडियो रमेका कुन्साङले यसै चलचित्रबाट नायकको रुपमा डेब्यु गर्नेछन् । आरजे म्युजिक एन्ड फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता रामजी दैलेखी हुन् । आउँदो माघबाट छायांकन गर्ने निर्माण कम्पनिले बताएको छ । निर्माता दैलेखीले चलचित्रको कथावस्तु बलियो भएकाले दर्शकलाई मनपर्ने उनको विश्वास छ । अभिनेत्री गौतमले कथावस्तु र आफ्नो चरित्र बलियो भएकाले चलचित्रमा काम गर्न तयार भएको बताइन् ।

उनले भनिन्, ‘चलचित्रमा काम गर्ने मेरो सानैदेखिको रहर थियो । मेरो पहिलो चलचित्र ‘अनुराग’ जे–जस्तो भए पनि धेरै कुरा सिक्ने मौका पाएको थिएँ । र, अब ‘घुइँचो’ मा एकदमै मिहिनेत गरेर काम गर्नेछु ।’

त्यस्तै, कुन्साङले राम्रो कथावस्तुमा काम गर्नका लागि आफू उत्साहित रहेको बताए ।

म्यूजिक भिडियोमा चकलेटी अवतारमा रुचाइएका उनले यो चलचित्रमा गाउँले युवकको भूमिका निर्वाह गर्दै छन् । निर्देशक लामाले चलचित्र सुःख–दुःख, सपना, इमान्दार, बेइमानहरुको घुइँचो रहेको बताए । जुम्लाको एक सामान्य परिवारको यूवाको अमेरिकासम्मको यात्राको कथामा चलचित्र बन्नेछ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,६,सोमवार १९:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुने

काठमाडौं । अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सम्बन्धी कार्यक्रमलाई बोर्डले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका

काठमाडौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुने

काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकार हरिवंश आचार्यले नेपालमै उत्पादित बिजुलीबाट चल्ने कार किनेका छन् । मंगलबार कलाकार आचार्यले सामाजिक सञ्जालमा

ताजा समाचार