काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य रामबहादुर थापाले दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकतावादलाई परास्त गरेर मात्रै समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन्।
नेपाल बुद्धिजीवी परिषद्ले आज आयोजना गरेको ‘वर्तमान परिवेशमा एमालेको महाधिवेशन’ विषयक बहस कार्यक्रममा उनले समृद्ध नेपालको सही नीतिका साथ समाजवादको आधार निर्माणका लागि अग्रसर हुन आग्रह गरे । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका नेता थापाले सही नीति र जनमत प्राप्त पार्टीलाई सत्ताबाट बाहिर ल्याएर पार्टी विभाजित गराउनु दक्षिणपन्थता भएकाले त्यसलाई परास्त गर्न एमालेको विधान महाधिवेशनबाट पारित दस्तावेज र नारा सही भएको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया