१३ माघ २०७९, शुक्रवार

नेकपा एमाले महाधिवेशन : थप १०० ट्राफिक प्रहरी परिचालन गरिने

२०७८,मङ्सिर,६,सोमवार १९:००

72
Shares

काठमाडौं । चितवनमा हुन गइरहेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा चितवनमा थप एक सय ट्राफिक प्रहरी परिचालन गरिने भएको छ ।

महाधिवेशनको उद्घाटन समारोहमा सवारीसाधनको चाप बढ्ने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय र बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो । यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलका अनुसार महाविधेशन उद्घाटनका दिन जिल्लाको यातायात व्यवस्थापनलाई सहज बनाउन थप जनशक्ति परिचालन गर्ने गरी सुरक्षा निकायसँग समन्वय भइरहेको जानकारी दिए ।

यही मङ्सिर ९ गतेदेखि नै नारायणगढ र भरतपुर क्षेत्रलाई केन्द्रित गरी थप ट्राफिक प्रहरी परिचालन गर्ने तय भएको उनले बताए । महाधिवेशनमा यातायात सहज बनाउन गृहकार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगवानराज थापाले बताए । जिल्लामा हाल ४० ट्राफिक प्रहरी परिचालित गरिएको छ ।

महाधिवेशनमा भाग लिन पश्चिमका जिल्लाबाट आउने सवारीसाधनलाई नवलपरासीको गैँडाकोटमा, पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बस टर्मिनललगायत ठाउँमा नारायणगढ–मुग्लिन सडक हुँदै आउने सवारीसाधनलाई नेपाल ट्रष्टको कार्यालय, पश्चिम चितवन क्षेत्रबाट आउने सवारीसाधनलाई बेलचोक क्षेत्र र वागिश्वरीमा तथा चितवनकै कालिका नगरपालिकासहितका स्थानबाट आउने सवारीसाधनलाई वीरेन्द्र क्याम्पसको नौ बिघा चौरमा व्यवस्थापन गरिँदैछ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,६,सोमवार १९:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्वपूर्ण योगदान रहेको बताएका छन् । भारतको ७४औँ गणतन्त्र दिवसका

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सीमित स्रोत साधनका बीच पर्यटक प्रहरीले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पर्वत आएका पदम गिरीले अबको पाँच वर्षभित्र जिल्लाभित्र रहेका सबै वडा कालोपत्र

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिसमा प्रदेशका मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाललाई नियुक्त गरेका छन्

ताजा समाचार

मकैको बीउ उत्पादनसँगै निर्यात
 २०७९,माघ,१२,बिहीवार २२:०६