यस्ता छन् आज दिनभरका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
169
Shares

१. राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा सबै जुट्न राष्ट्रपति भण्डारीको आग्रह, गौरवपूर्ण विगतलाई सम्मान गर्दै धरोहरको संरक्षण र संवर्द्धन गर्नुपर्ने भनाइ

२. नेपाल बार एसोसियसनको टोलीले बुझायो राष्ट्रियसभा अध्यक्ष तिमल्सिनालाई ज्ञापन पत्र, न्यायालयको विषयमा कानुन र संविधान बमोजिम अगाडि बढ्ने प्रतिबद्धता

३. देशभित्रकै केही व्यक्तिहरू आफूलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन भनेर हिडिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पस्टोक्ती, पुरस्कार भन्दापनि शान्ति प्रक्रिया सम्पूर्ण रुपले टुंग्याएर देश समाजवादतिर लाग्नुपर्नेमा जोड

४. प्रधानन्यायाधीश जबराले गरेको फैसलाहरूले विकृति, विसंगति, विचौलिया र भ्रष्टाचार भइरहेको बार एसोसियसनका अध्यक्ष श्रेष्ठको आरोप, पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन कानून व्यवसायी र सेवाग्राहीहरुलाई आग्रह

५. नेपाल बार एसोसियसनको टोलीले गर्यो सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट, जबराले संसदीय सुनुवाइका क्रममा गरेका प्रतिबद्धताहरु पूरा नगरेको भन्दै पदमुक्त गर्न माग

६. महाधिवेशन र प्रतिनिधि मनोनित गर्नका लागि आज बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित, बैठक भोलि बिहान ११ बजे तुलसीलाल स्मृती प्रतिष्ठानमा बोलाइयो

७. दशौँ महाधिवेशन एकताको महाधिवेशन हुने नेकपा एमालेका स्थायी कमिटी सदस्य पोखरेलको दाबी, पूर्वमाओवादीको एउटा हिस्सा एमालेमै रहेकाले पार्टीमा नेकपाको निरन्तरता भएको जिकिर

८. महेश बस्नेतद्वारा आगामी महाधिवेशनमा एमाले सचिवमा उम्मेदवारी घोषणा, पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन सचिव पदमा उम्मदवारी दिएको दाबी

९. निर्वाचन आयोगले मंसिर १७ देखि मतदाता नामावली संकलनसम्बन्धी विशेष अभियान सञ्चालन गर्दै, हिमाली र पहाडी जिल्लामा १० दिन र तराई तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुने

१० नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ६ सय ९७ परीक्षणमा थप ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ५८ जना कोरोना संक्रमणमुक्त, ४ जनाको मृत्यु

११ सोमबार सामान्य अंकले बढ्यो नेपाली सेयर बजार, कारोबार रकम भने ३ अर्ब ९२ करोडमा सिमित

१२ अमेरिकाको विस्कन्सिन राज्यमा क्रिसमस शोभायात्रामा कारले ठक्कर दिँदा ५ जनाको मृत्यु, ४० बढी घाइते

१३ कोरोना महामारीका कारण अष्ट्रेलियामा गरिएको सीमा प्रतिबन्ध फुकुवा, डिसेम्बरबाट पूण डोज लगाएका नेपाली विद्यार्थी अष्ट्रेलिया जान पाउने

१४ आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित, नेपालले अब दोस्रो खेलमा भुटानसँग मंगलबार भिड्दै

१५ र, काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत विभागीय डर्वी बराबरीमा सकियो, बराबरीसँगै आर्मी र पुलिसले १९१ अंक बाढ्दै चित्त बुझाए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?