मध्यपुरथिमिमा रात्रिकालीन सम्पदा पदयात्रा (फोटो फिचर)

RSS
676
Shares
भक्तपुर ।  मध्यपुर थिमि नगरपालिकाले  पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको मध्यपुरथिमिको सम्पदा बस्तीलाई पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु गरेका छ ।
मध्यपुर थिमि नगर प्रमुख मदन सुन्दर श्रेष्ठले भने,जमिनमुनि पुरिएका कैयौँ सम्पदाले नयाँ जीवन पाएका छन्, लोप भएका जात्रा पर्वले पुनर्जीवन पाएका छन्, अब दिवाकालीन मात्रै होइन, हामी रात्रिकालीन पर्यटनको समेत विकास गर्न चाहन्छौँ, त्यसैले मध्यपुरथिमि नगरपालिकाले सुरु गरेको छ, ‘गन्तव्य मध्यपुर अभियानको रात्रिकालीन सम्पदा पदयात्रा ।’

‘यसको मुख्य उद्देश्य मध्यपुरथिमि दिउँसो मात्रै घुम्ने होइन कि सन्ध्याकालीन यात्राका रूपमा पनि घुम्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नु हो, यहाँका मूर्त मात्र नभई अमूर्त कलाको आनन्द पनि बेलुका हेर्दा रमाइलो हुन्छ”, नगर प्रमुख श्रेष्ठले भने ।
साँझ परेपछि बत्तीले झिलिमिली भएका यहाँका सम्पदा आफैँ आकर्षकरुपमा चम्किलो देखिन्छन् । रात पर्दै जाँदा पनि चोक चोकमा स्थानीय कोही भजन गाई रहेका कोही नाचिरहेका, कोही पेटी र पाटीमा बसेर गफिइरहेका । लाग्थ्यो रात छिपिँदै जाँदा पनि मध्यपुरथिमि जागेकै छ, यहाँका सम्पदा, यहाँका परम्परा अनि यहाँका स्थानीय बासिन्दा जागिरहेकै छन् । बालबालिका चोकमा रमाइलो मानेर खेलिरहेका लगायतका दृश्यले यहाँको अवस्थालाई मनमोहक बनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?