नेपाल बङ्गलादेश बैंकका अध्यक्षमा पुन: शकिब चयन

लोकपथ
221
Shares

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको अध्यक्षमा पुन: ए.आर.एम नजमुस शकिब चयन भएका छन् । नव निर्वाचित संचालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष शकिब बैंकको संचालक समितिको अध्यक्ष चयन भएका हुन् ।

अध्यक्ष ए.आर.एम नजमुस शकिबले नेपाल राष्ट्र बैंक तथा नेपाल बङ्गलादेश बैंक लिमिटेडको उच्च पदस्थ अधिकारीहरुको समुपस्थितिमा आज (सोमबार) नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?