हङकङसँग नेपाल ६ विकेटले पराजित

लोकपथ
767
Shares

काठमाडौं । आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले हङकङविरुद्ध ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ५ रनको लक्ष्य हङकङले १८ ओभरमा पुरा गर्‍यो ।

नेपालले अब दोस्रो खेलमा भुटानसँग मंगलबार भिड्ने छ ।

नेपालले तेस्रो खेल बिहिबार कुवेतविरुद्ध खेल्ने छ । त्यस्तै चौथो खेल मलेसियासँग शुक्रबार र पाँचौ खेल आइतबार युएईविरुद्ध खेल्ने छ ।

छनोटमा ६ टिम सहभागी छन् र विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?