चुनावमा हारे पनि कार्यकर्ताले हरेश खानु पर्दैन : कांग्रेस प्रवक्ता

बैतडी- नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेस रुपान्तरणको बाटोमा गएको बताएका छन्  ।

नेपाल तरुण दल बैतडीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले  नेपाली काँग्रेसले चुनावमा हारे पनि कार्यकर्ताले हरेश खानु पर्दैन, सशक्त प्रतिपक्षी दलको भूमिकामा रहेर सरकारले गरेका गलत कामलाई सशक्त रुपमा विरोध गर्नेछ भने ।

नेपाली काँग्रेसले माओवादीलाई जनयुद्धबाट शान्ति प्रक्रियामा ल्याएको, काँग्रेसकै नेतृत्वमा संविधान बनेको, काँग्रेसकै नेतृत्व हुँदा तीनै तहको निर्वाचन सम्पन्न भएकाले काँग्रेसको देश निर्माणमा ठूलो भूमिका रहेको उनले  स्पष्ट पारे ।

प्रवक्ता शर्माले कम्युनिष्ट पार्टीहरु एक भइसकेको अवस्थामा काँग्रेस कार्यकर्तालाई पनि एकढिक्का भएर अगाडि बढ्न आह्वान गरे  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?