डोटीमा कांग्रेस महाधिवेशन : क्षेत्रीय सभापतिमा जोशी र साउद विजयी

RSS
325
Shares

डोटी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न डोटीको प्रदेशसभाको मतपरिणाम सार्वजनिक भएको छ । प्रदेशसभा (क) को सभापति पदमा धर्मराज जोशी र (ख) मा भैरवबहादुर साउद विजयी भएका छन् ।

प्रदेश ‘क’ मा जोशी भरतबहादुर कठायतसँग १८० मतको अन्तरले विजयी भएका हुन् । जोशीले ३५४ मत प्राप्त गरेका छन् छ भने कठायतले १७४ प्राप्त गरेका छन् । कूल ५५४ मत खसेकोमध्ये २६ मत बदर भएका निर्वाचन समितिले जनाएको छ ।

यसैगरी प्रदेशसभा (ख) सभापति पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा साउद ७७ मतको अन्तरले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी टीका फुलाराले १३८ मत प्राप्त गरेका थिए । अर्का प्रतिस्पर्धी बुद्धिसागर विनाडीले ११८ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (क) मा उपसभापति पदका लागि तीन जनाबीच भएको मतदानमा ३१८ मत ल्याएर अङ्क खड्का र ३२८ मत ल्याएर रमेश रोकाया विजयी भएका छन् अर्का प्रतिस्पर्धी उमेश ओझाले २०२ मत प्राप्त गरेका छन् । उता प्रदेशसभा (ख) मा भने उपभापतिमा शेरबहादुर बम र किरण मल्ल निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रदेशसभा (क) को सचिवमा नरेशकुमार खड्का र लक्षीराम कुँवर विजयी भएका छन् भने प्रदेशसभा (ख) को सचिवमा दीपक बोगटी र हर्कबहादुर विष्ट विजयी भएका छन् । यस्तै प्रदेशसभा (क) को सहसचिवमा डबल बोगटी र प्रकाश साउद विजयी भएका छन् भने प्रदेशसभा (ख) को सहसचिवमा सोभानसिंह रावल र डम्बर जोशी निर्वाचित भएका कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?