कांग्रेस महाधिवेशन : कञ्चनपुरका तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदै

RSS
143
Shares

महेन्द्रनगर । नेपाली कांग्रेसको कञ्चनपुरका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन हुँदैछ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज क्षेत्रीय अधिवेशन भइरहेको कांग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले जानकारी दिए । राष्ट्रिय राजनीतिमा समेत परिचित नेता कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र नारायणप्रकाश साउदको गृहजिल्लामा नेता नता कार्यकर्ता चुनावी समूह बनाएर विभिन्न पदमा प्रतिस्पर्धा गरिरहेका छन् ।

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस नेता गोपीप्रसाद उपाध्याय र हरिचन्द ठकुरीबीच सभापति पदमा प्रतिस्पर्धा हुँदैछ । उक्त निर्वाचन क्षेत्रमा संविधानसभा सदस्य दीवान विष्टको राम्रो पकड मानिन्छ । त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा लालबहादुर सिंह र नवराज जोशीबीच क्षेत्रीय सभापतिका लागि भिडन्त हुँदैछ । उक्त क्षेत्र कांग्रेस नेता तथा पूर्वमन्त्री साउदको पकड राम्रो रहेका क्षेत्रका रुपमा लिइन्छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा केशवबहादुर चन्द र गणेशसिंह नेगीबीच सभापतिका लागि निर्वाचन हुँदैछ । नेता रमेश लेखकको पकड क्षेत्र मानिएको उक्त क्षेत्रमा यसअघिका निर्वाचनमा लेखक निकट नेता चुनावी प्रतिस्पर्धामा प्यानलसहित विजयी भइसकेका छन् । तीनवटै निर्वाचन क्षेत्रमा कांग्रेस नेता तथा कार्यकर्ताले चुनावी प्रचारप्रसारलाई बिहानैबाट तीव्रता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?