सेयर बजारमा सकारात्मक माहोल

लोकपथ
1k
Shares

काठमाडौं । आज (सोमबार) सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । यो संचार तयार पार्दासम्म सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ ।

बजार खुलेको दुई घण्टा बित्दा सेयर कारोबार मापक नेप्से परिसूचक १३.८६ अंकले बढेर २७७१.३९ बिन्दुमा पुगेको छ । ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक १.९८ अंकले बढेर ५२०.२२ बिन्दुमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म २२१ कम्पनीको ३२ लाख ८१ हजार ८४९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अत्ब ७७ करोड २२ लाख ७४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

सो अवधिसम्म २ वटा मात्र उपसमूहको सेयर घटेको छ । बाँकी ११ वटा उपसमूहको सेयरमा सकारात्मक माहोल देखिएको छ ।

मानुषी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार ८०९ रुपैयाँ २० पैसा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?