नेपालद्वारा हङकङलाई १ सय ५ रनको प्रतिस्पर्धात्मक लक्ष्य

लोकपथ
559
Shares

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले हङकङलाई १ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउदै १ सय ४ रन जोडेको हो ।

नेपालका लागि ओपनर सीता राना मगरले ४० रन जोडिन् । इन्दु बर्माले अविजित ३१ रन जोडिन् । काजल श्रेष्ठले २४ बल खेल्दै केवल ४ रन जोडिन् ।

हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक–एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?