कांग्रेस महाधिवेशन : क्षेत्रीय प्रतिनिधिहरुलाई गगन थापाको यस्तो अपिल (वक्तव्यसहित)

लोकपथ
168
Shares

काठमाडौं । सोमबार नेपाली कांग्रेसको १४९ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको अधिवेशन हुँदैछ । १६५ मध्ये १६ वटा जिल्लामा यसअघि नै जिल्ला अधिवेशन सम्पन्न भएको र बाँकी रहेको १४९ प्रतिनिधि सभा क्षेत्रमा आज अधिवेशन हुन लागेको हो । त्यसैगरी १ मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा आजै जिल्ला अधिवेशन समेत हुँदैछ ।

सोही क्रममा कांग्रेस केन्द्रीय सदस्य गगन थापाले सुझबुझका साथ मत दायर गर्न आग्रह गरेका छन् । आज दायर गरिने मतले नै नेतृत्व चयन गर्ने बताउँदै ख्याल राख्दै निर्णय गर्न अपील गरेका छन् ।

सोमबार एक वक्तव्य जारी गर्दै नेता थापाले भनेका छन्, ‘आज देशभर पार्टीको प्रतिनधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ। आज गर्ने निर्णय र छनोटले नै मंसिर २४ देखि हुने महाधिवेशनमार्फत पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय गर्छ भन्ने ख्याल राख्दै निर्णय गर्नका लागि हार्दिक अपिल गर्दछु।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?