एमाले महाधिवेशन : ५ प्रतिशत प्रतिनिधि आज मनोनित हुँदै

लोकपथ
7
Shares

काठमाडौं । आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । आगामी महाधिवेशनको तयारीबारे छलफलका लागि एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो ।

ललितपुरस्थित तुलसीलाल प्रतिष्ठान ३ बजे बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार बैठकमा आगामी महाधिवेशनको तयारी र ५ प्रतिशत प्रतिनिधि मनोनित हुने बारे छलफल हुनेछ ।

एमालेको विधान महाधिवेशनले पारित गरेको विधान अनुसार ५ प्रतिशत मनोनित हुने प्रतिनिधिहरुको नाम बैठकमा पेश हुनेछ । त्यस्तै अनुमोदन भएका नामहरु बैठकले पारित गर्नेछ ।
एमालेले आगामी १०औँ महाधिवेशनका लागि १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधि छनोट गर्नेछ । जसले २३५ जनाको केन्द्रीय कमिटी चयन गर्नेछ ।
एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत गर्ने भनिए पनि उपाध्यक्ष भीम रावलले अध्यक्षको उम्मेदवारी घोषणा गरेको छन् ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०,११ र १२ गते चितवनमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?