राप्रपाको महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि देशभर सुरु

RSS
78
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०को आजदेखि महाधिवेशन प्रतिनिधि निर्वाचन सुरु हुँदैछ ।महाधिवेशनका लागि देशका ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार ९ सय ७० प्रतिनिधि छनोट हुने पार्टीका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।

उक्त पार्टीको यही मंसिर १५ देखि १७ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदैछ । प्रतिनिधि छनोटका लागि आजदेखि हुन लागेको निर्वाचनमार्फत प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनोट हुनेछ । पार्टीका अनुसार, तीन खस आर्य ९अन्य०, तीन महिला, एक जनजाति, एक दलित, एक अल्पसंख्यक, मुस्लिम, थारुलगायत गरी ९ जना निर्वाचित गर्नेछ ।

यसअघि भएका गाउँपालिका, नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशनबाट निर्वाचित अध्यक्ष पदेन महाधिवेशन प्रतिनिधि चयन भइसकेको पनि श्रेष्ठले जानकारी दिए । राप्रपामा यसरी चयन भएर आउने प्रतिनिधि, भ्रातृ संगठन, प्रवासका प्रतिनिधि र अध्यक्षबाट मनोनीत हुनेसमेत गरी ४ हजार ५ सय महाधिवेशन प्रतिनिधि हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?