एमाले स्थायी कमिटी बैठक बस्दै

लोकपथ
0
Shares

नेकपा एमालेले सोमबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । तुलसीलाल अमात्य प्रतिष्ठानमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठकमा महाधिवेशनका लागि केन्द्रीय कमिटीले छनोट गर्ने ५ प्रतिशत प्रतिनिधिका बारेमा छलफल हुने बताइएको छ । एमालेको महाधिवेशन मंसिर १० गतेदेखि चितवनमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?