भारतसँग सहमत भइसकेको छ, विराटनगरको भारतीय फिल्ड अफिस हट्छ

काठमाडौं । भारतले १९५० को सन्धि फेर्न भारत सहमत भइसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले १९५० को सन्धि सम्बन्धी भारत सहमत भइसकेको भन्दै उनले भने, ‘विराटनगरको फिल्ड अफिस पनि हट्छ ।’

२०६५ भदौ २ गते परेको अविरत वर्षापछि आएको बाढीले कोशी ब्यारेज भत्याएपछि नेपालका सवारी साधानहरुले भारतीय भूमि प्रयोग गर्नुपरेको थियो । त्यसका लागि पास दिन भारतीय दूतावासले विराटनगरमा फिल्ड अफिस खुलेको थियो । तर, फिल्ड अफिस अझैसम्म हटाइएको छैन । 

नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले विराटनगर स्थित फिल्ड अफिस बन्द गर्न भारतलाई पत्र काटेका थिए । तर, भारतले न पत्रको जवाफ नै दियो, न कार्यालय  हटाउने कुनै कुरा नै गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?