फ्रेन्च लिगमा मेसीको पहिलो गोल

लोकपथ
49
Shares

फ्रेन्च लिगमा लियोनेल मेसीले पहिलो गोल गरेपछि पेरिस सेन्ट जर्मनले नेन्ट्सलाई ३–१ ले हराएको छ। निर्धारित समय सकिन तीन मिनेट बाँकी छँदा किलियन एमबापेको पासमा मेसीले गोल गर्नुभएको हो। आफ्नो नयाँ क्लब पेरिस सेन्ट जर्मनका लागि च्याम्पियन्स लिगमा तीन गोल गरिसके पनि मेसीले यसअघिका पाँच लिग खेलमा गोल गर्न सक्नुभएको थिएन। यस नतिजासँगै शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मनले दोस्रो स्थानमा रहेको रेनेजलाई १२ अङ्कले पछाडि पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?