१३ चैत्र २०७९, सोमवार

गौचनको शव नबुझ्ने अडान, माग राखियो यस्तो

२०७४,आश्विन,२४,मंगलवार १५:११

9
Shares

  काठमाडौँ, २४ असोज – नेपाल निर्माण व्यवसायी महासङ्घले घटनाका दोषीलाई कारबाही नगरेसम्म अध्यक्ष शरदकुमार गौचनको शव नबुझ्ने भएको छ । महासङ्घका महासचिव रामशरण देउजाले घटनाका दोषीलाई पत्ता नलगाएसम्म अध्यक्ष गौचनको शव नबुझ्ने बताउनुभएको हो । सोमबार दिउँसो नयाँबानेश्वरमा अज्ञात समूहको गोली लागेर मृत्यु भएका अध्यक्ष गौचनको शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल राखिएको छ । महासङ्घले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख केदारनाथ शर्मालाई भेटेर गौचनलाई शहीद घोषणा गर्नुपर्ने, हत्यारालाई तत्काल खोजी गरी कारबाही गर्नुपर्ने तथा निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग गरेका छन् । भेटमा प्रमुख जिल्ला अधिकारी शर्माले तीन दिनभित्र दोषीबारे पत्ता लगाइसक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको शर्माको भनाइ उद्धृत गर्दै महासचिव देउजाले बताउनुभयो । “सुरक्षा समितिको बैठक बसिरहेको र अनुसन्धान टोली गठन भइसकेकाले चाँडो घटनाको दोषीलाई पत्ता लगाउने प्रमुख शर्माले भन्नुभएको छ,” महासचिव देउजाले भन्नुभयो । शर्माले व्यवसायीलाई आवश्यक पर्ने सुरक्षासमेत दिने बताउनुभएको महासचिव देउजाले जानकारी दिनुभयो । भेटमा महासङ्घका पदाधिकारी तथा पूर्वअध्यक्षको सहभागिता रहेको थियो । महासङ्घले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मासँग भेट गरिसकेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार १५:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६