ए डिभिजन लिग : ब्रिगेड ब्वाइजसँग एपीएफ स्तब्ध

लोकपथ
780
Shares

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब जित हात पारेको छ ।

आइतबार दिउँसो भएको खेलमा एपीएफ एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै ब्रिगेडले जित हात पारेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्रिगेडलाई जित दिलाउन दिनेश राईले दुई गोल गरे । सुरज गुरुङले एक गोल गरे । त्यस्तै एपीएफका आशिष लामा र बिकी तामाङले एक एक गोल फर्काएका थिए ।

जितसँगै ब्रिगेडले ३ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?