सेयर बजारमा सामान्य गिरावट, कारोबारमा महालक्ष्मी विकास बैंक अब्बल

लोकपथ
637
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज सेयर बजार दोहोरो अंकले घटेको हो । आइतबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७.५३ बिन्दुमा पुगेको छ । आज नेप्से ०.४२ प्रतिशतले घटेको हो ।

त्यसैगरी, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ३.७५ अंकले बढेर ५१८.२५ बिन्दुमा पुगेको छ ।

आज कुल २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमा २ वटा समूहको मात्र सेयर मूल्य बढेको छ, भने ११ वटा समूहको सेयर मूल्य घटेको छ । आज हाइड्रोपावर र उत्पादन तथा प्रशोधन समूहको मात्र सेयर मूल्य बढेको छ ।

आज नारायणी डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार कारोबार रकमको आधारमा महालक्ष्मी विकास बैंकले अग्रता कायम गरेको छ । बैंकले ५० करोड ९९ लाख ९२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?