पान मसाला कम्पनीलाई बच्चनले पठाए नोटिस, सम्झौता सकिए पनि विज्ञापन प्रसारण गरेको आरोप

लोकपथ
1.5k
Shares

काठमाडौं । बलिउडका मेगास्टार अमिताभ बच्चन केही समयदेखि पान मसालाको विज्ञापनलाई लिएर लगातार चर्चामा छन् । यसैबीच, अमिताभ बच्चनसँगको सम्झौता सकिए पनि पान मसाला कम्पनीले लगातार विज्ञापन प्रशारण गरिरहेको खबर आएपछि उनले कम्पनीलाई कानुनी नोटिस पठाएर रोक्न माग गरेका छन् ।

अमिताभ बच्चन

अभिनेता विगत धेरै वर्षदेखि यस कम्पनीको विज्ञापनमा देखिन्थे, तर उनले आफ्नो जन्मदिनमा कम्पनीसँगको सम्झौता समाप्त गरेका थिए ।

हालै यो विज्ञापनका लागि अमिताभ बच्चनलाई पनि ट्रोलको सामना गर्नु परेको थियो । अमिताभ बच्चन जस्ता व्यक्तिले गरेको पान मसालाको विज्ञापनलाई फ्यानले मन नपरेपछि र सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?