खाना खाएपछि सुप किन खानुपर्छ ? यस्ता छन् फाइदाहरू

लोकपथ
2.5k
Shares

खाना खाएपछि रेस्टुरेन्ट वा भोजनालयले सुप खानका लागि कुनै ट्रेमा राखेका हुन्छन् । होटेल वा रेस्टुरेन्टमा खाना खाएपछि सुपलाई हामी माउथ फ्रेसनरको रूपमा प्रयोग गर्छौ । तर खाना खाएपछि सुप खाँदा खाएको खाना सजिलै पचाउन मदत गर्नुका साथै पाचन क्रियालाई पनि सजिलो बनाउने गर्छ ।

सुपमा पोटासियम र सोडियमको मात्रा प्रचुर हुने गर्छ । पोटासियमले रगतमा रहेको सोडियमको मात्रालाई नियन्त्रण गरेर यसको दुष्प्रभावलाई नियन्त्रण गर्ने गर्छ । योबाहेक सुपमा नाइट्रेडको मात्रा पनि धेरै रहेको हुन्छ । यसले शरीरको उच्च रक्तचापलाई कम गर्न मदत गर्छ । विभिन्न किसिमका पोषक तत्त्वले भरिपूर्ण रहेको सुपको सेवन गरेर हाम्रो शरीरलाई धेरै पक्षबाट फाइदाजनक बनाउन सकिन्छ ।

हत्केला र पैँतालाको जलन

धेरैलाई हत्केला र पैताला पोल्ने समस्या हुन्छ । यदि हत्केला र पैताला पोल्ने समस्या छ भने सुपको नियमित सेवनले यसलाई हटाउन सकिन्छ । यसका लागि सुपफलाई भुटेर त्यसको धुलो बनाउने । यसरी बनाएको धुलोलाई एक चम्चा चिनीको साथ बराबर मिलाएर खाने गरेमा हत्केला र पैताला पोल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । यस्तो किसिमको पाउडर खाना खाएपछि १० ग्रामको मात्रामा सेवन गर्ने गर्नुपर्छ ।

पाचन क्रिया र आँखा

भोजन गरेको ३० मिनेटपछि सुपको सेवन गर्ने हो भने यसले रगतमा रहेको कोलेस्ट्रोलको मात्रालाई कम गर्छ । भोजन गरेपछि सुप खाँदा यसले कलेजो र आँखाको ज्योतिलाई पनि राम्रो गर्छ ।

नियमित महिनावारी

महिलाहरूमा महिनावारी नियमित नहुने समस्या धेरैमा हुन्छ । महिनावारीको समयमा पेट दुख्ने समस्या पनि धेरैलाई हुने गर्छ । यस्तो समस्या भने सख्खरको साथमा सुपको सेवन गर्नु राम्रो हुन्छ । यसको नियमित सेवनले महिनावारीका धेरै किसिमका समस्याहरू बिस्तारै समाधान हुँदै जानेछन् ।

कफको समस्या

सुपको सेवनले कफ र घाँटीको दुखाइलाई पनि कम गर्न मदत गर्छ । एक कप पानीमा १ देखि डेढ चम्चा सुपलाई हालेर उमाल्ने । उम्लेको सुपलाई दैनिक २–३ पटक खाने हो भने यसले पेटमा रहेको एसिडिटी र कफको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?