सत्ता र स्वार्थ मिलेका कारण एकताः डा. भट्टराई

पोखरा । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी चलाउन नसकेर एमालेमा विलय भएको आरोप लागएका छन् । 

शनिबार पोखरामा आयोजित भेटघाट कार्यक्रममा बोल्दै डा भट्टराईले भने, एमाले र माओवादबीच सत्ता र स्वार्थ मिलेका कारण एकता भएको भन्दै उनले यो एकता धेरै दिन टिक्न नसक्ने टिप्पणी गरे । उनले भने, जसरी बैंक कमजोर भएपछि दुई बैंक मिलेर मर्ज हुन्छ, त्यसरी नै दुई पार्टीबीच एकताको नाममा मर्ज भएको हो । 

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादी चलाउन नसकेर प्रचण्डले पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाएका छन् । सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै उनले एकता धेरै नटिक्ने टिप्पणी गरे ।

‘एकीकृत पार्टी सधैंभरि एक नासले रहँदैन ।’ उनले भने ‘दुई पार्टी एकताको मर्जरले ५ वर्ष त विताउँला तर त्यसपछि भन्न मुस्किल छ ।  

त्यस्तै, प्रचण्डले माओवादी आन्दोलनको १० वर्षे जनयुद्धको सम्पूर्ण इतिहास, त्याग र बलिदान बिर्सेर सत्ता मोहमा लागेको आरोप भट्टराईले लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?