‘युद्धकालमा भएका कमिकमजोरी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तयार छु’

लोकपथ
112
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड युद्धको समयमा भएका कमीकमजोरीहरुको सत्यतथ्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने बताएका छन् ।

आइतबार वृहत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

आजसम्म भएका कमीकमजोरीहरुप्रति गर्व गर्दै कमिकमजोरीहरुको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।

‘आजसम्मका राजनीतिक उपलब्धिहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमिकमजोरीहरुको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिबद्ध छौँ’, उनले भने ।

नेपालमा १० वर्षको जनआन्दोलन सम्पन्न भए पनि त्यस बेलाका पीडितहरुलाई परिपूरण गर्न बाँकी रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?