सांसदलाई बजेट नदेऊ : जनमोर्चा

काठमाडौं । सांसदहरुलाई संसदीय विकास कोष र पूर्वाधार विकास कोषको रकम सोझै खर्च गर्न पाउनेगरी नदिन सरकारसँग राष्ट्रिय जनमोर्चा (राजमो) ले माग गरेको छ । 
संसदीय विकास कोष र पूर्वाधार विकास कोषको रकम सांसद्लाई दिने या नदिने भन्नेबारे देशमा बहस चलिरहेका बेला राष्ट्रिय जनमोर्चाले विगतमा देखिएका विकृतिका छिद्र नामेट पारेर मात्रै उक्त रकम दिन माग गरेको हो ।
‘सांसदलाई रकम दिन पनि नदिन पनि हाम्रो खास आपत्ति छैन, यदि दिने हो भने सिधैँ साँसदले नै खर्च गर्नेगरी दिन हुँदैन ।’ राजमोकी उपाध्यक्ष एवं प्रवक्त दुर्गा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
त्यस्तै कोषको रकम खर्च गर्ने अधिकार उपाभोक्ता समिति वा अर्को कुनै निकायलाई दिन पनि राजमोले सुझाव दिएको विज्ञप्तिमा उल्लेख छ । तर, त्यसको निरिक्षण भने संसद र सांसदले गर्नुपर्ने उसको मत छ । 
‘विगतमा सांसद् विकास कोषको रकम दुरुपयोग भए तर हाम्रो पार्टीमा कहिल्यै पनि त्यस्तो हुने गरेको छैन’, विज्ञप्तिमा भनिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?