काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत वडा, गाउँ/नगर, प्रदेश तथा क्षेत्रमा युवाहरु नेतृत्वमा आइरहेका छन् ।
कतै वडामा, कतै नगरमा, कतै प्रदेश क्षेत्रमा युवाहरु नेतृत्वमा आएका छन् । सोही क्रममा बागलुङकी १८ वर्षीया उषा सापकोटा प्रदेश प्रतिनिधिमा विजयी भएकी छिन् ।
शुक्रबार सम्पन्न निर्वाचनमा सापकोटा २८६ मतका साथ प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।
बागलुङको काठेखोला गाउँपालिका ५ बाट प्रतिनिधित्व गर्ने सापकोटाले बागलुङ क्षेत्र नं १ ‘क’ बाट प्रतिष्पर्धा गरेकी थिइन् । सोही क्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश प्रतिनिधि भएकोमा सापकोटालाई बधाई दिएका छन् । केन्द्रमा १० प्रतिशत किशोर केन्द्रीय सदस्य आउनका लागि प्रदेश कार्यसमितिमा उदाउँदा अनुहार आउनु जरुरी रहेको बताए ।
१८ बर्ष पुग्दा उम्मेदवार l उम्मेदवार बनिसक्दा शानदार मतकासाथ विजयि ! प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी बाग्लुङकि उषा सापकोटालाई धेरैधेरै बधाई !
१० प्रतिशत किशोर केन्द्रीय सदस्य र प्रदेश कार्य समिति सदस्यको अवधारणा यिनै उदाउँदो अनुहारहरुका लागि ! जय नेपाल ! pic.twitter.com/CpJAxypVwO
— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 21, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया