काठमाडाैं : एकतासँगै शक्तिशाली बनेको नेपाल कम्युनिष्ट पार्टीको पहिलो संसदीय दलको बैठक अाज बस्दैछ ।
बैठक अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा अहिले ११ बजे बस्ने नेकपाको कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
बैठकमा सरकारका काम, नीति तथा कार्यक्रम र जेठ १५ गते ल्यार्इने अागामी अार्थिक बर्षको बजेटमाथि छलफल हुने बतार्इएको छ ।
दुर्इ पार्टीको एकीकरण भर्इ बनेको नवगठित पार्टीको संसदीय दलको नेता अाजकै बैठकले चयन गर्नेछ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष के.पी. शर्मा अोलीलार्इ सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन गर्ने तयारी भर्इरहेको ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया