तेस्रो पटक विवाहको तयारीमा आमिर खान, को-स्टारसँगको सम्बन्ध बारे चर्चा

लोकपथ
2.3k
Shares

काठमाडौं । बलिउडमा विवाहको सिजन चलिरहेको छ । भर्खरै राजकुमार राव र पत्रलेखाले नयाँ जीवन सुरु गरेका छन् र अब सबैको नजर क्याट्रिना कैफ र विक्की कौशलको विवाहमा छ, जुन डिसेम्बरको दोस्रो हप्तामा हुनेछ।

तर, यसैबीच आमिर खानले पनि तेस्रो विवाह गर्ने खबर बाहिरिएको छ । हालै आमिर खानले आफ्नी श्रीमती किरण रावसँग अचानक सम्बन्ध विच्छेद गरेका थिए । त्यही क्रममा दुवैले अब हामी दुवै श्रीमान्–श्रीमती नभई सह–अभिभावक बनेर एकअर्काको परिवार बन्ने विज्ञप्ति जारी गरेका थिए । आमिर खान र किरण रावको यो बयानले मानिसलाई छक्क पारेको थियो ।

को-स्टारसँग विवाहमा बाधिने चर्चा : 

अहिले सामाजिक सञ्जालमा आमिर खान तेस्रो विवाह गर्ने योजनामा रहेको चर्चा छ । आमिर खानले आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्ढा’ को रिलिजपछि विवाहको घोषणा गर्ने दाबी गरिएको छ । फिल्म अर्को वर्ष अप्रिलमा रिलिज हुँदैछ ।

आमिर खान, फातिमा सना शेख

जसका कारण आमिरले आउँदो वर्ष अप्रिलमा फ्यानलाई आफ्नो विवाहको जानकारी दिन सक्ने अनुमान गरिएको छ । यति मात्र होइन, गसिपलाई विश्वास गर्ने हो भने आमिर खानले आफ्ना एक कोस्टारसँग विवाह गर्ने छन् ।

आमिर खानले अहिलेसम्म दुईवटा विवाह गरिसकेका छन् । अभिनेताले सन् १९८७ मा रीना दत्तसँग पहिलो विवाह गरेका थिए । दुवैले सन् २००२ मा सम्बन्धविच्छेद गरेका थिए । यसपछि आमिर खानले किरण रावको हात समाए तर दुवैको सम्बन्ध पनि लामो समय टिक्न सकेन । आमिर खानका इरा खान, जुनैद खान र आजाद राव खान गरी तीन सन्तान छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?