कांग्रेस महाधिवेशन : भक्तपुरको चारवटै प्रदेश क्षेत्रमा नयाँ नेतृत्व

RSS
169
Shares

भक्तपुर । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत भक्तपुरको चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन समितिले निर्वाचनको परिणाम शनिबार राति अबेर सार्वजानिक गरेको थियो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘क’ को सभापतिमा जयन्द्र खड्का र उपसभापतिमा दिनेश अवाल र रमेश केसी लामिछाने, सचिवमा रोशन तिमिल्सिना र शिवहरि थापा, सहसचिवमा सञ्जीव पुरी र सरिता थापा निर्वाचित भएका छन् ।

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘ख’ मा शिवप्रसाद अवाल सभापतिमा निर्वाचित भएका छन् । उपसभापतिमा रामकुमार फाँजु र गणेशलाल मुनकर्मी, सचिवमा भक्ति अवाल र रुमन श्रेष्ठ तथा सहसचिवमा सिर्जना नागा र झम्केश्वर गणेजु निर्वाचित भएका छन् ।

त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र नं ‘क’ को सभापतिमा प्रदीप कार्की निर्वाचित भएका छन् । उपसभापतिमा शशीकुमार न्यौपाने र भगवान खत्री, सचिवमा राजाराम थापा र सुशीला ढुङ्गेल, सहसचिवमा दीप गिरी र रीता खत्री (कार्की) निर्वाचित भएका छन्।

निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र नं. ‘ख’ को सभापतिमा ओमप्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । उपसभापतिमा बच्चुकैलाश बुढाथोकी र राजेन्द्र चक्रधर, सचिवमा प्रेमबहादुर कुट र बालकृष्ण श्रेष्ठ, सहसचिवमा शैलेश श्रेष्ठ र निराकार श्रेष्ठ निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?