काठमाडाैं : पार्टी एकताका लागि विघटित एमाले र अाफ्नै पार्टीभित्रका नेताहरूसँग ठूलो रस्साकस्सी खेलेका प्रचण्ड पार्टी एकतालगत्तै फेरि दबाबमा परेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा विघटित माअोवादी केन्द्रका तर्फबाट प्रचण्डले १८ जना नेता छान्नुपर्ने छ । तर, निरन्तर माअोवादीमा रहेका, पछि भित्रिएका र नयाँ पार्टीको शक्ति सन्तुलनमै प्रभाव राख्न सक्ने नेताको संख्या स्थायी कमिटीको कोटाभन्दा धेरै भएपछि प्रचण्ड समस्या परेका हुन् ।
एमाले र माअोवादी मिसिएर गठित नेपाल कम्युनिष्ट पार्टीमा ४३ सदस्य स्थायी कमिटी रहने सम्झाैताअनुसार तत्कालिन एमालेका तर्फबाट २५ र माअोवादीका तर्फबाट १८ नेतालार्इ सदस्य चयन गर्ने सहमति छ ।
निकट स्रोतका अनुसार हालसम्म प्रचण्डले करिब १० जना नेताहरूको नाम स्थायी कमिटी सदस्यका लागि लगभग टुंग्याएका छन् । अाफुसहित रामबहादुर थापा ‘बादल’, वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा ‘प्रभाकर’, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, पम्फा भुसाल, नारायणकाजी श्रेष्ठ, र देव गुरुङ स्थायी समितिमा नियुक्त गर्ने करिब टुंगो लागेको छ । तर बाँकी ८ कोटामा कसलार्इ नियुक्त गर्ने भन्नेबारे टुंगो लगाउन निकै मुस्किल छ ।
स्थायी कमिटीमा सदस्य छान्न कठिन भएपछि यसको जिम्मा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललार्इ दिर्इएको छ । अहिलेकै अवस्थामा पनि ८ जना स्थायी कमिटीका लागि कम्तिमा १२ जनाको अाकांक्षा देखिएको छ ।
यी हुन् छन् अाकांक्षी :
मातृका यादव, रामचन्द्र झा, प्रभु साह र गणेश शाह (मधेशका नेता)
अग्नि सापकोटा (पुराना नेता), हरिबोल गजुरेल, मणी थापा, लेखराज भट्ट, अमिक शेरचन, लिलामणी पोखरेल, राम कार्की (माअोवादीका र एकता प्रकृयाबाट अाएका नेताहरू)
देवेन्द्र पाैडेल (माअोवादी छाडि नयाँ शक्ति गठन गरि पुन : माअोवादीमा फर्किएका)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया