विवाह गर्ने तयारीमा रहेका विक्की र कट्रिनाबीच चर्काचर्की, भएको के हो ?

लोकपथ
3.9k
Shares

काठमाडौं । विक्की कौशल र कट्रिना कैफ लामो समयदेखि विवाहको खबरका कारण चर्चामा छन् । विक्की कौशल र कट्रिना कैफ डिसेम्बर महिनामा विवाह बन्धनमा बाँधिने चर्चा पछिल्लो केही दिनदेखि भइरहेको छ ।

यस्तो अवस्थामा फ्यानहरुको नजर विक्की र कट्रिना कैफमा टिकेको छ किनकि उनीहरुको विवाहमा केही दिन मात्रै बाँकी छ । दुबैको बिहेको बारेमा दिनहुँ फरक फरक खबरहरु बाहिर आइरहेका छन् । केही समयअघि दिपावलीको अवसरमा विक्की र कट्रिनाको गोप्य कुरा बाहिर आएको थियो । यो समारोह कबीर खानको घरमा भएको बताइएको छ ।

कट्रिना कैफ, विक्की कौशल

अहिले विक्की कौशल र कट्रिना कैफबीचको झगडाको खबर सार्वजनिक भएको छ । कट्रिना र विक्कीबीच झगडा भएको खबरले अहिले सामाजिक सञ्जाल तातेको छ ।

उक्त खबरले फ्यानलाई चकित बनाएको छ । बिहेको केही दिन अगाडि विक्की कौशल र कट्रिना कैफबीच चर्को बहस भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कट्रिना कैफ, विक्की कौशल

डिबेट

रिपोर्टका अनुसार रोका सेरेमनीको खबर मिडियामा बाहिरिएपछि विक्की र कट्रिनाबीच झगडा भएको हो । जब विक्की कौशलले रोका सेरेमनीको खबर मिडियामा देखे, तब उनी निकै रिसाए र यस क्रममा उनको र कट्रिनाको चर्को बहस भएको थियो । यो कुरा मिडियामा कसरी पुग्यो र कसको टोलीले लीक गर्यो भनेर दुवै जना आश्चर्यमा परेका छन् । यही विषयमा दुवैबीच निकै विवाद भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?