कास्कीमा माओवादी वडा अधिवेशन सम्पन्न

RSS
78
Shares

कास्की । कास्कीका स्थानीय तहका वडामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को वडा अधिवेशन सम्पन्न भएका छन् । पोखरा महानगरपालिकासहित अन्नपूर्ण, मादी, रुपा र माछापुच्छ्रे गाउँपालिकाका ७२ वडामध्ये अधिकांशमा शनिबार अधिवेशन गरिएको सो पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले जानकारी दिए ।

उनका अनुसार केही वडामा आन्तरिक तयारी नपुगेकाले अधिवेशन नभएपनि अन्य सबैमा अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको छ । उनले भने,’पार्टी केन्द्रको निर्धारित कार्यतालिका अनुसारनै जिल्लाका स्थानीय तहका वडामा उत्साहजनक रुपमा अधिवेशन सम्पन्न भएका छन् । केहीमा बाहेक अन्यमा नेतृत्व समेत चुनिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?