कपिलवस्तुको ६ प्रदेश क्षेत्रमा कांग्रेस अधिवेशन सम्पन्न, कुनमा को ? (नामावलीसहित)

लोकपथ
299
Shares

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत कपिलवस्तुको ६ वटा प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ ।

पाँच क्षेत्रमा निर्वाचन तथा एक क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।

शुक्रबार सुरु भएको पाँच क्षेत्रीय अधिवेशनको परिणाम शनिबार अबेर सार्वजनिक भएको थियो। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रदेश क्षेत्र ‘ख’मा सर्वसम्मत नेतृत्व चयन भएको हो । निर्विरोध निर्वाचित हुने क्षेत्रीय सभापतिमा मुक्तेश्वर मिश्र छन् ।

क्षेत्र नं ३ अन्तर्गत प्रदेश क्षेत्र ‘क’मा गोविन्दबहादुर खत्री निर्वाचित भएका छन् । खत्री २३७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी देवराज भारतीले ३८ मत प्राप्त गरेका थिए । सो क्षेत्रमा २९६ क्षेत्रीय प्रतिनिधि रहेकोमा २७५ मत खसेको जिल्ला निर्वाचन
अधिकृत घनश्याम पन्तले जानकारी दिए।

त्यस्तै, क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र ‘क’मा रघबेन्द्र सिंह निर्वाचित भएका छन् । सिंह २५८ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी रामप्यारे यादवले ८५ मत प्राप्त गरेका थिए । कपिलवस्तु क्षेत्र नम्बर २ प्रदेश (ख) को सभापतिमा गिरिजेशकुमार पाण्डेय निर्वाचित भएका छन् । पाण्डेय १४६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रुद्रबहादुर गैरे (प्रकाश) ले १३० मत प्राप्त गरे। पराजित गैरे कपिलबस्तु नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हुन् भने निर्वाचित भएका पाण्डेय यशोधरा गाँउपालिकाको अध्यक्ष
समेत रहेका छन्।

त्यस्तै, कपिलवस्तुको क्षेत्र नं. १ को प्रदेश सभा (क) को सभापतिमा बाणगङ्गा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारु पराजित भएका छन् ।

नगर प्रमुख थारुलाई उनका प्रतिस्पर्धी दुर्गा केसीले ४० मतअन्तरले पराजित गरेका हुन्। थारु निवर्तमान वाणगङ्गामा नगर सभापति
हुन्। वाणगङ्गा नगरपालिकाको ओदारी माविमा शनिबार भएको निर्वाचनमा प्रदेश सभा (क) मा ३४३ जना क्षेत्रीय प्रतिनिधिले मतदान गरेकोमा ३३६ मत सदर भएको थियो ।

क्षेत्र नं १ अन्तर्गत प्रदेश क्षेत्र ‘ख’मा वलिउद्धिन मुसलमान निर्वाचित भए। मुसलमान १३४ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका
प्रतिस्पर्धी परमेश्वर पाठक (सिडियो) ले ११८ मत प्राप्त गरे। कुल २५८ क्षेत्रीय प्रतिनिधि रहेकोमा २५६ मत खसेकोमा तीन मत बदर भएको मतदान अधिकृत हरिद्धार कुर्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?