डोल्पा-कक्षा छाडेर विद्यार्थीहरू यार्चा पाटनहरूमा पुगेपछि विद्यालयहरूले घुम्ती अध्यापन थालेका छन् । शिक्षा विकास तथा समन्वय इकाइको संयोजनमा जिल्लाका विभिन्न चारवटा यार्चा पाटनमा घुम्ती विद्यालयहरू खोलिएका हुन् ।
एकमहिने यार्चा संकलनको समयमा साइकुमारी, बाघडाँडा र परपडे पाटनमा माझफालमा लक्ष्मी मावि थरगाउँ र विद्या मन्दिर मावि माझफालले घुम्ती अध्यापन थालेका हुन् ।
त्यसैगरी, जगदुल्लाको प्वाग पाटनमा मुनामदन प्रावि छाँचु र काइके गाउँपालिकाको ठागे पाटनमा अरनिको मावि सहरताराले घुम्ती विद्यालय सञ्चालन गरेको शिक्षा विकास तथा समन्वय इकाइका सहायक प्रमुख सिंहराज डाँगीले बताए, आजको राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया