आइतबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदै छ ?

लोकपथ
2.2k
Shares

काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।

आज छापवाला सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९३ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला छापावाला सुन ९४ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी १ हजार २६० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?