काठमाडौं । म्यान्चेटस्टर युनाइटेडले मुख्य प्रशिक्षक ओले गन सोल्सारलाई बर्खास्त गरेको छ ।
वाटफोर्डसँग ४–१ ले पराजित भएपछि युनाइटेडले आकस्मिकरुपमा बैठक बसेको थियो । उक्त बैठकले सोल्सारलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
उनको बर्खास्तीसँगै क्षतिपूर्ति तथा अन्य प्रक्रियाको बारेमा समेत छलफल भइसकेको बताइएको छ ।
सोल्सारले प्रिमियर लिग अन्तर्गत पछिल्ला पाँच मध्ये चार खेलमा पराजित भएपछि युनाइटेडका समर्थकहरु पनि उनीविरुद्ध खनिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया