काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालू आवमा ट्राफिक नियम उल्लंघनसम्बन्धी करीब ३५ हजार उजुरी परेको छ । यी सवै उजुरी काठमाडाैं उपत्यकाभित्र भएका ट्राफिक नियम उल्लंघनका घटनासँग सम्बन्धित छन् ।
काठमाडौँ उपत्यकाको सवारी साधनबारे गुनासो सुन्ने र कारवाही गर्ने महाशाखाको हटलाइन १०३ मा ३४ हजार ७५२ उजुरी परेकामा मोटरसाइकल हराएको एक हजार ११८, ठूला सवारी हराएको २०, एउटा सवारी साधनले अर्को सवारीसाधनलाई हानेर भागेको ५२२, ट्याक्सीमा सामान छुटेको ३०४, फुटपाथ पार्किङ गरेको २६ हजार १०८ र बढी भाडा लिएको छ हजार ६८० उजुरी परेको महाशाखाले जनाएको छ ।
महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले उजुरी परेकालाई तत्काल नजिकको प्रहरी एकाइमा खबर गरी कारवाही गर्ने गरिएको जानकारी दिए । “उजुरी परेका गाडी तत्काल नभेटिए रेकर्डअनुसार पछि भए पनि खोजेर कारवाही गर्ने गरिएको छ”, उनले भने ।
यस्तै मिटरमा जान नमान्ने ट्याक्सीमाथि महाशाखाले विशेष अभियान सञ्चालन गरेको छ । सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने सवारीसाधन कारवाहीका लागि महाशाखाबाट विशेष टोली खटाइएको जानकारी दिए “पहिले दैनिक २५–३० ट्याक्सीलाई कारवाही गरिएकामा अहिले दैनिक ६०–७० ट्याक्सी कारवाहीमा पर्ने गरेका छन्”, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया