लिभरपुलको जितमा आर्सनल स्तब्ध

लोकपथ
572
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित हात पारेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ४-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा खेलको ३९ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

खेलको ५२ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ७३ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुलको अग्रता ३-० को बनाए ।

Image

खेलको ७७ औं मिनेटमा टाकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई ४-० को जित दिलाए ।

जितसँगै लिभरपुलले १२ खेलमा २५ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

आर्सनल २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?