ला लिगा : बार्सिलोना विजयी

लोकपथ
196
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मेम्फिस डिपेले खेलको ४८ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।

जितसँगै मुख्य प्रशिक्षक जाभीले प्रशिक्षकको रुपमा बार्सिलोनामा सुखद सुरुआत गरेका छन् । स्पानियोलविरुद्धको जितसँगै बार्सिलोना छैटौं स्थानमा उक्लिएको छ ।

बार्सिलोनाले १३ खेलमा २० अंक जोडेको छ ।

स्पानियोल १७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?