ए डिभिजन लिग : मनाङ मर्स्याङ्दी र जावलाखेल भिड्दै

लोकपथ
1.1k
Shares

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज आइतबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो ब्रिगेड ब्वाइज र एपीएफ फुटबल क्लब भिड्दै छन् ।

ब्रिगेड र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र जावलाखेलबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

दुबै टीम एक अर्कालाई हराउने दाउमा मैदान उत्रने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?