सप्तरीका १४ ‘बिजुली चोर’ माथि कारबाही

राजविराज : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण अभियानअन्तर्गत १४ जनालाई पक्राउ गरी कारवाही गरेको छ । 

वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुगमन टोलीले जिल्लाका तिरुहत र कृष्णसवरण गाउँपालिकामा विद्युत्को खम्बामा अङ्कुशे लगाई बिजुली बाल्नेलाई पक्राउ गरिएको प्राधिकरण प्रमुख चन्द्रनारायण साहले जानकारी दिए ।

बिजुली चोर्नेको साथबाट ब्याट्री र एलएडी टिभी एक थान तथा पानी तान्ने मोटर तीन थान बरामद गरिएको छ ।

दोषीलाई विद्युत् ऐनअनुसार जनही पाँच हजार रूपैयाँ जरिवाना तिराइएको प्राधिकरण राजविराजले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?