कमल थापालाई ओलीको निम्ता

लोकपथ
308
Shares

राप्रपा अध्यक्ष कमल थापालाई मंसिर १० गते चितवनमा हुने नेकपा एमालेको महाधिवेशनको समुदघाटन समारोहमा सम्बोधन गर्न निम्तो दिइएको छ ।
राप्रपा अध्यक्ष थापालाई एमाले अध्यक्ष केपी ओलीको तर्फबाट दिइएको निम्तो नेता राजन भट्टराईले आज पार्टी केन्द्रीय कार्यालयमा भेट गरि अध्यक्ष थापालाई बुझाएका हुन् ।

राप्रपा आफैं पनि महाधिवेशनको अन्तिम तयारीमा रहेको भएतापनि नेपालको लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण दल एमालेको महाधिवेशनमा अध्यक्ष थापा सहभागी हुने कार्यक्रम रहेको राप्रपा प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?