संसदमा अभद्र व्यवहार गरे के हुन्छ ?

काठमाडौं – संसदमा अभद्र व्यवहार गर्ने सांसदलाई मर्यादापालकले पक्राउ गर्नेछ । सदस्यलाई सदनबाट निस्कन अनुरोध गर्दा पनि नमाने मर्यादापालक लगाएर निकाल्नुपर्ने अवस्था आए त्यस्तो सदस्यले ३ दिनसम्म संसदमा वा समितिमा भाग लिन पाउनेछैन ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ को नियम ३० मा रहेको चेतावनी र ३१ मा रहेको बैठक कक्षबाट निष्काशन सम्बन्धी प्रावधानमा यस्तो व्यवस्था छ ।

यसरी संसदमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले बाहिर जान आदेश दिँदा पनि नगए मर्यादापालकले बाहिर निकाल्नेछन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर  छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?