सर्लाही । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले समाजमा मेलमिलाप र धार्मिक सहिष्णुता अपरिहार्य रहेको बताएका छन् ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मलंगवाद्वारा शनिबार आयोजित सेवा केन्द्रको २५ औं रजत जयन्ती महोत्सवको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले समाजमा मेलमिलाप र धार्मिक सहिष्णुतालाई बलियो बनाउनमा ब्रह्माकुमारी राजयोगको ठूलो योगदान रहेको पनि बताए ।
बहुआयामिक उदेश्यका साथ अगाडी बढ्दै गरेको राजयोगले सादा जीवन र उच्च विचारको मार्ग जिवनको मुख्य मार्ग भएको र सो मार्गमा समाजलाई ल्याएर समाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेलेको समेत मन्त्री यादवले जनाए ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको २५ औं रजत जयन्ती महोत्सव समारोह शनिबार धुमधामका साथ मनाइएको हो ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी ब्रह्माकुमारी राज दादिको सभापतित्वमा भएको समुद्घाटन समारोह कार्यक्रममा विशिष्ट अतिथी सर्लाही निर्वाचन क्षेत्र नं. २ ‘क’ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद संजय कुमार यादव रहेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, मलंगवा नपाका मेयर निरसल साह, कबिलासी नपाका मेयर कौशल किशोर यादव, प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा, सर्लाही प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईं, डा. अब्दुल रहिम मिकरानी, जसपा सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय, पुर्वक्याम्पस प्रमुख कृष्ण देव यादव, उद्योगी संजय गुप्ता, पुष्प रन्जितकार लगायतको उपस्थिती रहेको थियो ।
यसैबीच आजै मन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा) नेपालको जिल्ला पार्टी कार्यालयको उद्घाटन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया