सुटिङमा फर्किइन् दीपिका

लोकपथ
52
Shares

आफ्नो वैवाहिक वर्षगाँठ मनाएपछि बुधबार मुम्बईमा दीपिका पादुकोण ‘पठान’ फिल्मको सुटिङमा फर्किएकी छिन् । शाहरुख खान डिसेम्बरको पहिलो साता यस फिल्मको सुटिङमा फर्कदैछन् । फिल्ममा जोन इब्राहिम पनि छन् ।

उनले एक रुसी माफियाको भूमिका निर्वाह गर्दैछन् । यस एक्सन फिल्मको सुटिङ स्पेनसहित अन्य धेरै देशहरुमा पनि हुनेछ । स्पेनका मर्लोका, काडिज र वेजेर डिला फ्रेन्टरा शहरमा दीपिका र शाहरुखको गीतका दृश्यहरु सुट हुनेछ ।

फिल्ममा जोन इब्राहिमको बाइट स्टन्ट हुनेछ । यस फिल्ममा शाहरुख खान रअ एजेन्टको भूमिकामा छन् । उनले विभिन्न देशहरुमा गएर आफ्नो मिशनलाई सफल पार्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?