माधव नेपालले गरे ५३ जनालाई पार्टीमा स्वागत

लोकपथ
497
Shares

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले शेरबहादुर देउवा नेृतत्वको वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताएका छन् ।

काठमाडौंमा आज एकीकृत समाजवादी तनहुँ– काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित भेलामा अध्यक्ष नेपालले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको बताए । नेपालले पाँच दलको एकता बलियो रहेको भन्दै गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताए ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताए ।

भेलाबाट श्रीराम पौडेलको अध्यक्षतामा ३७ सदस्यीय सम्पर्क मञ्च गठन गरिएको छ । कार्यक्रममा एमाले कांग्रेस लगायत पार्टी परित्याग गरि ५३ जना एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई पार्टी अध्यक्ष नेपालले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?