नेपाली काँग्रेस नुवाकोटको प्रदेश क्षेत्रको अधिवेशन सम्पन्न भएको छ। दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा सो अन्तर्गतको ४ प्रदेश निर्वाचन क्षेत्रमा प्यानलसहित केसी समूह र महत समूह भिडेको थियो । जसमा महत समूहले चुनाव बाजी मार्यो ।
मत परिणाम अनुसार नुवाकोट निर्वाचन क्षेत्र नं ‘१’ को प्रदेश सभा (क) को निर्वाचनमा अर्जुननरसिंह केसीका स्वकिय सचिव समेत रहेका सरोज केसीलाई पराजित गर्दै सुशील खड्का विजयी भएका छन् ।
त्यस्तै प्रदेश सभा (ख) मा पनि केसी समूहका ऋषिकुमार तामाङलाई पराजित गर्दै महत पक्षीय उम्मेदवार विजयी भएका हुन् । जहाँ महत पक्षीय रामजी पौडेल विजयी भए ।
यस्तै नुवाकोट क्षेत्र नं २ को प्रदेश सभा ‘क’ को सभापतिमा पनि बैकुण्ठबहादुर पाण्डे विजयी भए । सो क्षेत्रमा केसी समूहका अक्कलवहादुर ढुङ्गाना ‘श्याम’ पराजित भए ।
यसैगरी प्रदेश सभा (ख) को प्रदेश कार्यसमितिमा महत खेमाका मानिने बहादुरसिंह लामा समर्थित उम्मेदवार गणेशमान तामाङ निर्वाचित भए । सो चुनावमा केसी खेमाका आतमसिंह तामाङ पराजित भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया