काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार १ सय ३६ जनाको परीक्षणमा २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९९ हजार ९ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण नेपालमा ११ हजार ४ सय ९५ जनाले ज्यान गुमाएका छन् ।
हाल देशभर ७ हजार ३ सय ३ जना सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया