पूर्वराज्यमन्त्री यादवले दिए एमालेबाट राजीनामा

लोकपथ
966
Shares

काठमाडौं । पूर्व कृषि राज्यमन्त्री एमाले नेता ओमप्रकाश यादव (गुल्जारी) ले पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् । रुपन्देहीका नेता यादवले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

मायादेवी गाउँपालिका–६ शिवपुर (मर्चवार)मा पत्रकार सम्मेलनको आयोजना गर्दै यादवले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को सह–इञ्चार्ज पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा भएका गतिविधिबारे असन्तुष्टि जनाउदै पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

नेता यादवले पार्टीको साधारण सदस्यमा भने रहने बताए । उनले प्रतिनिधि छनोटका क्रममा भएका गतिविधिको छानबिन र समीक्षा गर्न समेत नेतृत्वसमक्ष आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?